पछिल्लो २४ घण्टामा नेपालमा थप १,०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर हालसम्म कोरोनासंक्रमितको कुल संख्या २,४१,९९५ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३४४, भक्तपुरका ३१ तथा ललितपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,६१४ पुगेको छ ।
सोमबार १,६२८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २,२७,४३३ पुगेको छ ।
प्रतिक्रिया