प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा चलेको बैठकमा प्राप्त राजनीतिक उपलब्धीको रक्षा र अहिले देखापरेको सडक प्रदर्शनका बारेमा छलफल केन्द्रित भएको बुझिएको छ ।

प्रतिक्रिया