नेपालमा कोरोना संक्रमितको संख्या २,४५,६५०

नेपालमा कोरोना संक्रमितको संख्या २,४५,६५०



कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १,६६३ पुग्यो


नेपालमा बिहीबार थप १,२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या अब २,४५,६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा २४४ पुरुष र १६० महिला रहेको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ७,२३२ पीसीआर परीक्षण भएका छन् भने कोरोनामुक्त भएर १,०६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २,३१,६० जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १,६६३ पुगेको छ ।