नेपालमा कोरोनाका कारण कुल १,६८९ को मृत्यु, संक्रमित संख्या २,४७,५९३

नेपालमा कोरोनाका कारण कुल १,६८९ को मृत्यु, संक्रमित संख्या २,४७,५९३


शनिबार नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २,४७,५९३ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,६८९ पुगेको छ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १,३५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २,३४,२३१ पुगेको छ ।