नेपालमा कोरोनासंक्रमित संख्या २,४९,२४४, मत्यु हुने १,७१६ पुगे

नेपालमा कोरोनासंक्रमित संख्या २,४९,२४४, मत्यु हुने १,७१६ पुगे



नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ३३३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका र नेपालभर अब कुल संक्रमित संख्या २,४९,२४४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,७१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।

हाल देशभर १०,९५५ जना सक्रिय संक्रमित रहेका छन् भने जम्मा ४७१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयको भनाइ छ ।