नेपालमा मंगलबार ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७,११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २,५०१८० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या १,७७० पुगेको छ भने होमआइसोलेसनमा ६,१०३ जना छन् । त्यस्तै, सघन उपचार कक्षमा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।
अहिले देशभर ९,८८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा १,९९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८,५६९ पुगेको छ । कोरोना निको हुने दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौ. उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८ जना सङ्क्रमित थपिएका छन् ।
प्रतिक्रिया