नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोनासंक्रमितको कुल संख्या २,५५,२३६ पुगेको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,७९८ पुगेको छ ।
मंगलबार ९६६ जना डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,४५,७०९ पुगेको मनत्रालयले जनाएको छ ।
प्रतिक्रिया