विशेष प्रतिनिधि, चिबा (जापान)
गत वर्ष चिबा प्रिफेक्चरको च्योसी शहरको मरिनामा राखिएको नेपालीको ‘पुरेजी बोट’मा एकजना महिलाको लास भेटिएको थियो । चिबा जिल्ला अदालतले त्यस बोटका नेपाली मालिकलाई ती महिला मारेको अभियोगमा १८ वर्ष जेल सजाय सुनाएको छ ।
गत वर्ष वर्षको सेप्टेम्बरमा ३४ वर्षीय निरजराज गिरीको नाममा दर्ता रहेको मोटरबोटमा लगभग ३४ वर्षीय चिनियाँ महिलाको शव भेटिएको र ती महिलालाई छातीमा धेरै पटक चक्कु प्रहार गरी मारेको आरोप गिरीमाथि छ ।
आरोपित गिरीले भने आफूमाथि लागेको आरोप अश्वीकार गर्दै आइरहेका थिए । अभियोजनकर्ताले भने उनलाई २० वर्षको जेल सजाय हुनुपर्ने माग राखेको एनएचकेमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
१८ वर्षको जेल सजाय सुनाउँदै चिबा जिल्ला अदालतका न्यायाधीश साकाता केइचिरोले भने मृत्यु भएको महिलाको लास तपाईंको बोटमा भेटिएको हो त्यसैले तपार्इंको भनाइहरुमा सत्य छैन । एनएचकेमा उल्लेख छ ।
आरोपित नेपालीलाई ती चिनियाँ महिलासँग बिग्रँदो कारोबारका कारण सम्बन्ध चिस्सिँदै जाँदा उनले मारेको भनि अदालतले ठहर गरेको छ ।
प्रतिक्रिया