प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नयाँ नौ सदस्य थप गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।
सत्तारुढ दलभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर गरिएको हो ।
थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा र युवा तथा खेलकूदमा दावा लामा रहेका छन् ।
नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा. शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहेका छन् ।
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलबाट बिदाइ दिएका छन् ।


प्रतिक्रिया