आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७७ सोमबार, २८ डिसेम्बर २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७७ सोमबार, २८ डिसेम्बर २०२०)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सं. ११४१ प्रमादी नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७७ पौष १३ गते तद्अनुसार सन् २०२० दिसेम्बर २८ तारिख सोमबार मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि रोहिणी नक्षत्र शुभ योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१६ बजे हुनेछ । काशीमा पिशाचमोचन तीर्थश्राद्ध ।

आजको राशिफल

मेष – आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुखशान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

बृष – सुखशान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ ।

मिथुन – स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । चोटपटक नलागोस् भनेर ध्यान राख्नुपर्ला । खर्च बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । लेखन–प्रकाशनसित सम्बन्धित काममा ध्यान राख्नुपर्नेछ । इष्टमित्रसितको सम्बन्धमा ध्यान राख्नु बेस रहला । प्रेमपात्रसितको व्यवहारमा सचेत रहनुपर्नेछ । कठोर परिश्रमले सफलता पाउनुहुनेछ । भागदौड बढ्ला । इष्टमित्र प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ । गीत–संगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विलासप्रति रुचि बढ्नेछ । नियमकानूनलाई उपेक्षा नगर्दा हीतकारी रहला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कर्कट – आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख–सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रा परक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेटिनेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनु पर्नेछ । विवादमा नपर्नु हितकर रहला ।

वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनु हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक लगानीमा बृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यापारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति–पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भने भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।