पछिल्लो २४ घण्टामा नेपालमा ६५९ जना कोरोनासंक्रमित थपिएका छन् । सोमबार थपिएकासहित देशभर कोरोना संक्रमितको कुल संख्या २,५८,८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,८३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
सोमबार ७१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २,५०,५८१ पुगेको छ ।
प्रतिक्रिया