कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बुधबार साँझ दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ ।
गोरुसिङे तौलिहवा रोडको चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची साविक सिद्दारा ७ की २५ वर्षीया निशा विकको मृत्यु भएको हो । उनी मोटरसाइकलको पछिल्तिर सवार थिइन् ।
इलाका प्रहरी कार्यालय गोरूसिङेका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मोटरसाइकल चालक अर्घाखाँची साविक सिद्धारा ७ का बमबहादुर बिक गम्भीर घाइते भएका छन् । घाइते बिकलाई थप उपचारको लागि बुटवल पठइएको र ठक्कर दिने टिप्परलाई चालकसहित नियन्त्रणमा लिएको गोरूसिङे प्रहरीले जनाएको छ ।
गति तीव्र रहेको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया