जापान
नेपालमा नेकपा विभाजनपछि प्रवासमा रहका उसका भातृ संस्थाहरुमा पनि विभाजन देखिन थालेको छ । यसै सिलसिलामा जापानमा रहेको प्रवासी नेपाली एकता मञ्च (जापान) पनि विभाजित भएको हो । यसअघि यस संस्थाको अध्यक्षमा अध्यक्ष हवलचन्द्र लामा नेकपा दाहाल नेपाल समुहमा खुलेर लागे पनि सचिव सालिकराम भण्डारी मौन रहेका छन् ।
गत आइतबार (३ जनवरी) प्रवासी नेपाली एकता मञ्च जापानलाई पुनर्गठन गरिएको भनिएको छ। पुनर्गठित कमिटीको अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कँडेलसहित ३५ सदस्य कमिटी निर्माण गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। ओली पक्षबाट जारी गरिएको विज्ञप्तिमा २०७७ पुस ५ गतेका दिन नेपाल सरकारले चालेको लोकतान्त्रिक अभ्यासमार्फत ताजा जनादेशमा जाने कदमको प्रवाशी नेपाली एकता मञ्च जापान हार्दिक स्वागत गर्दछ भनिएको छ ।

आफूहरुको संस्था मुलधारको भएकोले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा शुभचिन्तक, समर्थकहरुलाई मूल प्रवाहमा गोलबद्ध भइ सुखी नेपाली समृद्ध नेपालको अभियानमा जुट्नको लागि अध्यक्ष सुरेश केसीले अनुरोध गरेका छन् । त्यसै मञ्चका सचिव डा. सरोज कँडेलले लोभीपापीका कारण नेकपाका केही मात्र चोइटिएर गएको बताउँदै निर्वाचनमा परिणाम देख्न सकिने बताए ।
(कविकिरण न्यौपानेबाट)
प्रतिक्रिया