जापानमा टोकियोसहित केही शहरमा आपतकाल घोषणा

जापानमा टोकियोसहित केही शहरमा आपतकाल घोषणा



विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री सुगाले राजधानी टोकियोलगायत तीन प्रिफेक्चरमा दोश्रो पटक आपतकालको घोषणा गरेका छन् ।

विभिन्न निकायहरुसँगको छलफलपछि सुगाले अर्को महिनाको ७ तारिखसम्मका लागि राजधानी टोकियोसहित साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा आपतकालको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुगाले बिहिबार अबेर घोषणा गरेको आपतकाल मध्यरातको १२ बजे (मिति परिवर्तन भएपछि)बाट लागु हुनेछ ।

कोरोना संक्रमण तीबव्र गतिमा फैलन थालेपछि टोकियो महानगरसहित ३ प्रिफेक्चरका प्रमुखहरुले आपतकालका लागि गत साता आपातकाल लगाउन सिफारिस गरेका थिए ।

यसअघि तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले देशैभर आपतकालको घोषणा गरेका थिए । जापानको इतिहासमा आपतकाल घोषणा गर्ने आबे पहिलो र सुगा दोश्रो प्रधानमन्त्री बनेका छन् ।

अहिले सीमित क्षेत्रहरुमा मात्रै आपतकाल घोषणा गरिएको भए पनि प्रकृयागत हिसाबले यसअघिको र अहिलेको आपतकालमा कुनै फरक छैन । तर नागरिक स्तरमा के कस्तो प्रभाव पर्छ भन्ने बारे भने केहि एकिन भएको छैन।