नेकपा र हिंसाको साइनो !

नेकपा र हिंसाको साइनो !


  • रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

आम मानिसहरू कम्युनिष्ट पार्टी भन्नेबित्तिकै हिंसावादी, मानवताविरोधी र आतंककारी जत्थाका रूपमा बुझ्छन् । विश्वमा जहाँ-जहाँ कम्युनिष्ट पार्टीहरू छन्, त्यहाँ-त्यहाँ मानव संहार नभएको एउटा पनि उदाहरण छैन । रसियामा स्तालिनले गरेको नरसंहारले हिटलर, मुसोलिनीको इतिहासलाई पछि पारेको छ भने चीन, भियतनाम, क्युवा, उत्तर कोरिया आदि देशहरूमा कम्युनिष्टहरूले आफ्ना नागरिकहरूलाई चरम दमन गरेको कुरा कतैबाट छिपेको छैन ।

हाम्रै देशमा पनि झापा विद्रोहको नाउँमा मान्छेको टाउको काट्ने अभियान नभएको होइन । पछि माओवादी नामको पार्टीले १७ हजार निहत्था नेपालीको हत्या गरेको घाउ आलै छ । यिनले कतिको अङ्गभङ्ग गरे, कतिको घरबार लथालिङ्ग गराए, कतिलाई घाइते जीवन बाँच्न बाध्य बनाए त्यसको लेखाजोखा भएकै छैन ।

एकाध साना कम्युनिष्ट घटकबाहेक मान्छे नमार्ने कम्युनिष्ट पार्टी नै छैनन् । सबैभन्दा कम हिंसा गर्ने पार्टी भनिएको पुष्पलालको नेतृत्वमा हर्रेबर्रे र चितवनको जुगेडी काण्ड भएका थिए । पूर्वमा मनमोहनको नेतृत्वमा स-साना संघर्षहरू भएका थिए । यी दुवै पार्टीको अगुवाईमा भएका संघर्षमा उतिसारो हिंसा भएको थिएन । बाहिरी हिंसा नभए पनि आन्तरिक तहमा कार्यकर्तामाथि आंशिक दमन थियो । पछि चौ.म., मशाल, मसाल, एकता केन्द्र र माओवादी हुँदैआउँदा त्यसले नेपालको अवस्थालाई २ सय वर्ष पछाडि धकेलिदियो । अहिले जति अग्रगमनको कुरा गरे पनि नेपाल विश्वमै नालायक र पतित देशका रूपमा परिचित हुन पुगेको छ ।

‘५ हजार त मैले मारेको हुँ’ भन्दै डुक्रिदै हिँड्नेलाई समेत पुलिस, प्रशासन र कम्युनिष्ट सरकारले कारवाहीको दायरामा ल्याएन । निर्मला पन्तजस्ता सयौँ किशोरी बलात्कृत भएर मारिँदा कारवाही भएन । ६-७ वर्षका देखि ७२ वर्षका महिलाहरू बलात्कृत हुँदा गृहमन्त्रीले स्वाभाविक भन्नु, प्र.म. निरीह र मूकदर्शक हुनु कम्युनिष्ट राजमा मानवता नहुनुको एक ज्वलन्त प्रमाण हो ।

माओवादीको उदयपश्चात् नेपालमा घुसखोरी, भ्रष्टाचारी, अनाचारी, दूराचारी, बलात्कारी र सामन्ती प्रथाको जगजगी भएको जगजाहेर छ । गुण्डाराज र फट्याइँको शासन छ । देशका गृह, सञ्चार, सभामुख जस्ता विशिष्ट पदहरूमा मानव हत्याका आरोपीहरू पुगेका छन् । प्रशासनका उच्च पदमा पनि घुस्याहा र भ्रष्टाचारीहरूलाई स्थापित गरिएको छ । प्रहरी र अदालतमा समेत माथिका घृणित विषयमाथि मौन रहनेलाई पुर्‍याइएको छ । अहिलेसम्म अछुतो रहेको नेपाली सेना मात्र हो । अन्यत्र बेथिति, विसंगति र विकृतिबाहेक केही छैन । यस्तो चुत्थो र नालायक अवस्थालाई उपलब्धि भन्दै हिँड्ने कम्युनिष्ट कति तल्लो दर्जाका हुँदा हुन्, अनुमान गरिरहनै पर्दैन । अझ ‘५ हजार त मैले मारेको हुँ’ भन्दै डुक्रिदै हिँड्नेलाई समेत पुलिस, प्रशासन र कम्युनिष्ट सरकारले कारवाहीको दायरामा ल्याएन । निर्मला पन्तजस्ता सयौँ किशोरी बलात्कृत भएर मारिँदा कारवाही भएन । ६–७ वर्षका देखि ७२ वर्षका महिलाहरू बलात्कृत हुँदा गृहमन्त्रीले स्वाभाविक भन्नु, प्र.म. निरीह र मूकदर्शक हुनु कम्युनिष्ट राजमा मानवता नहुनुको एक ज्वलन्त प्रमाण हो । आज यिनले मानवअधिकारको त कुरै छोडौँ, सामान्य मानिस भएर जिउनसमेत दिएका छैनन् भन्दा अत्योक्ति नहोला ।

कम्युनिष्ट पार्टीहरूमा सबभन्दा बढी झाँगिंदै र मौलाउँदै गएको प्रवृत्ति महिला हिंसा मुख्य हो । कम्युनिष्टहरू महिला हरूलाई दासीका रूपमा मात्र लिने गर्छन् । कतिपयले २–३ वटी महिला श्रीमती बनाएर राख्ने गरेका छन् । उनीहरूको पाटी वा संगठनमा महिला सभापति हुने गुञ्जाइस नै हुँदैन । घरमा श्रीमती भए पनि बाहिर अर्की राख्नु मामुली कुरा हुन्छ । घरकीले विरोध गरेमा प्राणै उडाइदिन्छन् । प्रायः कम्युनिष्ट पार्टीका महिलाहरू समाजमा सबैभन्दा दुःखी र अभागिनी मानिन्छन् । अरू प्रजातान्त्रिक वा राजावादी पार्टीहरूमा एकाध महिलाले उच्च पदमा पुग्ने अवसर पाउँछन् । तर, कम्युनिष्ट पार्टीमा त्यो सम्भावनै हुन्न । उमेरदार र सुन्दरी छन् भनेचाहिँ तिनले केही हदमा ठाउँ पाएका पनि छन् ।

करिव ७३ वर्ष सोभियत रुस र ७० वर्ष चीनमा कम्युनिष्ट पार्टीले सरकार चलायो, त्यहाँ एकजना पनि महिला राष्ट्रपति वा प्रधानमन्त्री बनाइएनन् र पार्टीका आधिकारिक तहमा पनि पुगेनन् । यी दुवै देशमा मजदूर वा किसान वर्गबाट कोही पनि उपल्लो तहमा पर्‍याइएनन् ।

कम्युनिष्ट पार्टीमा बिल्कुलै मानवीय हक नपाउने मजदूर वर्ग पनि हो । आजसम्म पूँजीवादी मुलुकमा जति पारिश्रमिक र मानवीय सुख-सुविधा कम्युनिष्ट देशहरूमा मजदूर वर्गले पाएका छैनन् । काम खोज्दै विदेश जानेहरूको स्थिति हेर्‍यो भने के थाहा लाग्दछ भने चीन, उत्तर कोरिया जानेको संख्या नै भेटिँदैन । जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत, कयानडा, अष्ट्रेलिया, भारतजस्ता प्रजातान्त्रिक देशहरूमा मात्र किन श्रमजीवीको भीड लाग्छ ? अरू त के, चीनजस्तो विकसित देशभन्दा ताइवानजस्तो विकासोन्मुख सानो मुलुकमा काम गर्न इच्छुक हुनु कम्युनिष्ट देशहरूमा श्रमजीवी वर्गको हित हुँदैन भन्ने प्रमाण हो ।

कामदारहरू बरु साउदी, कुवेत, अरब इमिरेटजस्ता मुस्लिम देश जान चाहन्छन्, तर कम्युनिष्ट देश जान रुचाउँदैनन् । यतिसम्म कि कम्युनिष्ट देशमा जानुभन्दा इरान, इराक, जोर्डनजस्ता ज्यानको ग्यारेण्टी नहुने देशमा जान्छन् । यसको सिधा अर्थ हो कम्युनिष्टहरूले श्रमअनुसारको ज्याला दिँदैनन् र जीवनसमेत असुरक्षित हुन्छ । अरूको त के कुरा श्रमजीवी वर्गको भनिएको पार्टीले सरकार चलाएका देशहरूम स्वयम् श्रमजीवी वर्ग नै जान चाहँदैनन् । करिव ७३ वर्ष सोभियत रुस र ७० वर्ष चीनमा कम्युनिष्ट पार्टीले सरकार चलायो, त्यहाँ एकजना पनि महिला राष्ट्रपति वा प्रधानमन्त्री बनाइएनन् र पार्टीका आधिकारिक तहमा पनि पुगेनन् । यी दुवै देशमा मजदूर वा किसान वर्गबाट कोही पनि उपल्लो तहमा पर्‍याइएनन् ।

हामीले हेर्‍यौँ भने अमेरिकामा अब्राहम लिङ्कन, भारतमा लालबहादुर शास्त्री अत्यन्त गरिब परिवारबाट राष्ट्रपति र प्रधानमन्त्री बने । भारतकै नरेन्द्र मोदी फुटपाथबाट प्रधानमन्त्री बने । तर चीन, रुस वा उत्तर कोरियामा कुनै गरिब किसानको छोरो उपल्लो तहमा पुगेको देखिएको छैन । बरु मुस्लिम देश पाकिस्तान, बंगलादेशमा महिला र श्रमजीवी वर्गका मानिसहरू प्रधानमन्त्री भए । हाम्रै देशमा पनि सुशील कोइराला प्र.म. हुँदा विद्या भण्डारीले राष्ट्रपति हुने अवसर पाएकी हुन् र अपवादका रूपमा नेकपाले उनलाई उम्मेदवार बनाएको हो, त्यो पनि नेकपाको एउटा फुच्चे गूट हाबी हुँदा त्यसो भएको हो । नत्र त्यो पनि असम्भवप्रायः थियो ।