नेपाललाई हिन्दुअधिराज्य बनाउन पहल गर्ने अनुयायीको अपेक्षा
विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब प्रह्लाद मोदीले अन्तरिम अध्यक्षको रूपमा सम्हाल्ने छन् ।
योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहेका र उनी अहिले उत्तर प्रदेशको मुख्यमन्त्रीसमेत रहेकाले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको बताइएको छ ।
भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुन् । विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दुधर्मको अध्ययन, अनुसन्धान एवं संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्नुको साथै नेपाललाई पुनः हिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने प्रह्लादको भनाई रहेको बताइएको छ ।
मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दु महासंघको शाखा विश्वका पैंतालीस देशमा रहेको बताइएको छ । सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्नेमा धेरैको ध्यानाकर्षण भएको बताइन्छ ।
प्रतिक्रिया