नेपाली चलचित्रमा निखिलाको डेब्यु अष्ट्रेलियाबाटै

नेपाली चलचित्रमा निखिलाको डेब्यु अष्ट्रेलियाबाटै


  • राजन घिमिरे

अब कलाकरिताको भोक मेटाउन स्देशमै रहनुपर्ने भन्ने अवस्था रहेन । मनमा केही गर्ने सोच र लक्ष्य रह्यो भने के स्वदेश के प्रवास जहां रहे पनि त्यो भोकलाई मेटाउन सकिन्छ र कलाकारितामार्फत पहिचान बनाउन सकिन्छ । पछिल्लो समय यही कर्मलाई समाउँदै प्रबासबाट कलाकारिता विधामा लागिपर्ने सोचका साथ सक्रिय युवती हुन् निखिला बुढाथोकी ।

झापामा जन्मिएर अष्ट्रेलियालाई कर्मथलो बनाएकी निखिला बुढाथोकी विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आइरहेकी छन् । मूलतः उनी नर्स हुन्, तर अब कलाकारिता विधाका कारण उनको परिचयले विस्तारित रूप पाउने देखिन्छ । उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा पनि परिचित छिन् ।

निखिला मनोज अधिकारीको लेखन र निर्देशनमा बन्दै गरेको नेपाली सिनेमा ‘पर्पला’मा नायिकाको रुपमा डेब्यु गर्दै छिन् । यो चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जानकारीसमेत दिइसकेको छ ।

अष्ट्रेलियामा नेपाली चलचित्र, गीत संगीत र कलाकारहरूको कलाकारिताको बारेमा लामो समयदेखि प्रबर्धन गर्दै आएको आरकेएस अष्ट्रेलियाको साथमा ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टले यो चलचित्रलाई संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा रविन्द्र कुमार शर्मा, सरोज कुमार वाइबा, डम्बरबहादुर अधिकारी र छबि रसाइली निर्माता रहेका छन् भने सहनिर्मातामा शृजना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइली रहेका छन् । चलचित्रलाई भानु प्रतापले प्रस्तुत गरेका हुन् । यति बेला यो चलचित्रको प्राविधिक काम शुरू भएको छ ।