जापान प्रतिनिधि
रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ ।
पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालले दिएको जानकारी अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत सोमबार राति आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्व. आचार्य कुक पेशामा कार्यरत थिए ।
श्रीमान् श्रीमतीबीच बेमेलका कारण अलग–अलग बस्दै आएका आचार्य दम्पतीको गत शनिबार अन्तिम वार्तालाप भएको श्रीमती सरस्वतीले जानकारी दिइन् । आचार्य दम्पतीको ५ वर्षिया छोरी हाल नेपालमा छिन् ।
चुकुल लगाएको आफ्नै कोठामा मृत अवस्थामा भेटिएकोले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको बुझिएको छ । आचार्यको पार्थिव शरिर अहिले नागोयाको खासुगाई सिटीस्थित प्रहरी कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया