■ राजन घिमिरे
अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घघाटन गरेकी छन् । ठकुरी यो एजुकेसनको ब्राण्ड ऐम्बेस्डर हुन् । काठमाडौं नयाँबानेश्वरस्थित नयाँ शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा उपासना ठकुरीले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा प्रशन्नता ब्यक्त गरिन् । ‘यो सस्थाको विगतको कार्य अनि नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुँ’, उपासनाले भनिन् ।

संस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय युवा दर्शकहरू माझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । विद्यार्थीहरूको सन्तुष्टी नै आफ्नो संस्थाको लक्ष्य भएको उल्लेख गर्दै नवराज प्रसाईं, नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन् बृहत र बिस्तारित रूपमा अगाडि बढ्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया