प्रधानमन्त्रीका भाञ्जेज्वाइँ उही बाटोमा

प्रधानमन्त्रीका भाञ्जेज्वाइँ उही बाटोमा


प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा विभाग सुधार्न पठाइएका वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले यही मङ्सिरको पहिलो साता २० लाख घुस असुलेको विभागभरि चर्चा छ । इमानदार र स्वच्छ छविका प्रधानमन्त्री भट्टराईका उनी भान्जेज्वाइँ हुन् ।
वैदेशिक रोजगार विभागमा व्यापक अनियमितता भएको जानकारी पाएपछि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिएका थिए । यसभन्दा अगाडिका महानिर्देशक नरेन्द्रराज शर्मालाई ६ महिना पनि बित्न नपाउँदै बिदा दिएर प्रधानमन्त्रीको निर्देशनअनुसार विभाग सुधार्ने उद्देश्यले मन्त्रालयमा वैदेशिक शाखा हेरेका र मन्त्रालयका प्रवक्तासमेत रहेका पूर्णचन्द्र भट्टराईलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गरिएको थियो ।
गत हप्ता पासपोर्टमा लगाउने स्टिकर अफिस समयमा निकाली लाखौँ रकम घुस लिएर अफिसबाहिर स्वीकृति दिइएको तथा महानिर्देक भट्टराई र शाखाअधिकृत भवानी थानीको निर्देशनमा गत ३ गते शनिबार करिब पाँच सयभन्दा बढी व्यक्तिगत श्रम स्वीकृति कार्यालयबाहिरै दिइएको विभाग स्रोतको दाबी छ । सोही कामका लागि महानिर्देशकले एकमुष्ट बीस लाख रकम बुझेका थिए । व्यक्तिगत स्वीकृतिका ‘डन’ मानिने दमन, राजेश र अमृतको समूहबाट महानिर्देशक पूर्णचन्द्र भट्टराईले उक्त रकम लिएका हुन् ।
हप्ताभरि विभिन्न बहाना बनाएर काम रोक्ने अनि कुनै एक दिन अफिसबाहिर काम गरेर ठूलो रकम घुस लिने गरिएको छ । यो योजना थानीले बनाएको बुझिन्छ । तिहारपछि विभाग आएका भवानी थानीले पनि लाखौँ घुस जम्मा गरिसकेका छन् । हाकिमहरूलाई घुस खुवाएर एजेन्टमार्फ उनले छुट्टै रकम लिने गरेका छन् । महानिर्देशक र अरू कर्मचारीहरूलाई छुट्टाछुट्टै घुसबापतको रकम व्यवस्था गर्ने प्रचलन विभागमा रहेको छ । यसरी, वैदेशिक रोजगारीमा जानेहरूको व्यक्तिगत, अन्तिम र पूर्वस्वीकृतिका कागजात मिलाएर खान पल्केका हाकिमहरूको बिँडो थाम्ने व्यक्तिका रूपमा महानिर्देशक भट्टराई उभिएका छन् ।
तिहारभन्दा अगाडि एजेन्टमार्फ हुने काम तिहारपछि स्वयम् व्यक्ति उपस्थित गराएर विभागले व्यक्तिगत स्वीकृति दिएको छ । तिहारपछि श्रमस्वीकृति दिइएका कागजातहरू चेकजाँच गर्ने हो भने ९० प्रतिशतभन्दा बढी किर्ते सहजै भेट्न सकिन्छ । किर्ते कागजमा सही गर्न प्रतिव्यक्ति तीन हजारका दरले दलालहरूसँग पहिल्यै रकम लिइएको हुन्छ भने महिलाको हकमा दश हजारदेखि माथि रकम लिइन्छ । तर, आफू स्वच्छ छवि भएको देखाउन महानिर्देशक भट्टराई, अधिकृत थानी र निर्देशकहरूले टेलिभिजनका प्रायोजित कार्यक्रमहरूमार्फ आफूहरूले राम्रो काम गरेको देखाउन लाखौँ खर्च गर्ने गरेका छन् ।
यस्तै, रोजगारीका लागि विदेशिने नेपालीको श्रमस्वीकृति निकालिदिने भन्दै व्यक्तिगत काम गर्ने ‘एजेन्ट’, ट्राभल्स, होटल र गेष्टहाउसले कम्तीमा दश हजार उठाउन थालेका छन् । सम्बन्धित व्यक्तिबाट यति ठूलो रकम लिएर उनीहरूलाई नै एजेन्टहरूले लाइनमा बसाउँछन् । विभागका कर्मचारीलाई यो कुरा थाहा भए पनि रोकथामका लागि कुनै पहल भएको छैन । उनीहरूले तयार पारेका ‘एग्रिमेन्ट पेपर, मेडिकल रिपोर्ट’लगायतका कागजात किर्ते हुन् भन्ने थाहा हुँदाहुँदै अन्तिम श्रमस्वीकृति दिने परम्परा छ ।
– धनञ्जय अधिकारी, कोटेश्वर, काठमाडौं

यी नेताले यो के गरेको ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो एकल स्वामित्वमा नाफामा चलेको नेपाल ग्यास उद्योग बिक्री गरिआएको रकम भारत वा तेस्रो मुलुकमा लैजाने कोसिस गरिरहेका छन् । अध्यक्ष राणाले पहिला-पहिला पनि आफ्नो सम्पत्तिहरू बेची रकमहरू भारत लगिसकेका छन् । राणाले हालसम्म करिब १ अर्बको जग्गा बिक्री गरिसकेका छन् । यो पैसा न त राणाको नाममा बैंकमा छ न राणाको परिवारको कुनै सदस्यको नाममा नै छ । नेपालभित्र कुनै व्यापारमा लगानी भएको पनि छैन । राणाले आफ्नो छोरीहरूको विवाह भारतमा नै लगेर भव्यताका साथ गरेको कुरा अवगत नै छ । त्यति मात्र होइन, हालै मात्र आफ्नो ७०औँ जन्मदिन नेपालमा नमनाई करोडौँ रुपैयाँ खर्च गरी उनले भुटान गएर मनाएका थिए । राणालाई विगत ४० वर्षदेखि देशको ठूलो नेता बनाउने नेपाली नागरिक र सिन्धुपाल्चोकका सोझासाझा जनताले कसरी बुझेका छन् उनको यस व्यवहारलाई ?
राणाका हरेक चुनावमा राणाका सम्पूर्ण परिवारहरू नेपाल र भारतबाट आएर जनतालाई भेट्ने नाटक गर्छन् भने चुनाव सकिएपछि अत्तोपत्तो हुँदैन । यसरी सोझासाझा जनतालाई कतिन्जेल झुक्याउने ? यत्रो सम्मानित पदमा जनताले पुर्‍याउँदा पनि राणाले जनतालाई गुमराहमा राख्ने ?
अब आएर एउटा मात्र ४० वर्षदेखि सञ्चालित व्यापार बिक्री गरी आफ्ना दुवै छोरीलाई दिन वा भारत पठाउन राणाले पैसा नेपाल बाहिर बुझन सक्ने भएकोले खरिदकर्ता आनन्द बगरिया, गुणचन्द्र विष्ट र अजय सुमार्गीले कति पैसामा खरिद गरेको प्रस्ट हुनुपर्‍यो । साथै रकम कसरी र कहाँ राणालाई दिएका, खरिदकर्ताले कम्पनी खरिद गर्दा कुन बैंकबाट कति पैसा ऋण लिएको त्यसको पनि जानकारी नेपाली जनता, नेपाल राष्ट्र बैंक, सम्पत्ति सुदृढीकरणको आयोग, आन्तरिक राजस्व कार्यालय अथवा राणाले केमा लगानी गर्ने हो त्यसको जानकारी लिनुपर्‍यो । पशुपतिशमशेर जबरा एक र्सार्वजनिक पद धारणा गरेका व्यक्ति हुन् । यिनले राजनीति गरेर देश बनाउँछु, देशको प्रधानमन्त्री हुन्छु भनेर एउटा राजनीतिक पार्टीका अध्यक्षसम्म भएकोले राणाले एउटा नाफाको कम्पनी सञ्चालन गर्न नसकी बेच्न लागेको राणा कसरी अब कसरी यो देशको प्रधानमन्त्री हुने र कुन नैतिकताको आधारमा राजनीति गर्ने ? यदि यस्ता मान्छे र्सार्वजनिक पदमा पुगेको खण्डमा आफ्नो निजी फाइदाका लागि देशै बेच्न सक्दैनन् भन्न सकिन्न । त्यसैले यस्ता नेतासँग सावधान । राज्यले पनि यस्ता पाखण्डी व्यक्तिको पर्दापछाडिको खेल र्सार्वजनिक गरी तुरुन्त कारबाही अगाडि बढाओस् ।
-राष्ट्रप्रेमी सोझासाधा नेपाली जनता

थर, ठेगाना फरक पर्‍यो
गत दुईवटा बितेका बुधबारमा प्रकाशित उपप्रधान तथा गृहमन्त्रीका सम्धी, पुल्चोकनिवासी तथा पर्सर्ााजल्ला स्थायी घर भएको वासुदेव चौधरी हो । उहाँ सडक विभागका अवकाशप्राप्त ओभरसियर हुनुहुन्छ । उहाँको अमेरिकानिवासी छोराको विवाह उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारकी छोरीसँग भएको हो ।
उपरोक्त बितेको दुवै बुधबारको प्रकाशित लेखमा उहाँको थर र जिल्ला अन्यथा लेखिएको वास्तविक समाचार भ्रामक हुन गएको देखिन्छ । आशा छ, तपाईंबाट सम्पादित लोकप्रिय साप्ताहिक घटना र विचारमा सच्याएर अबउप्रान्त प्रकाशन गर्नुहुनेछ ।
– वासुदेव यादव, बारा

-उपप्रधानमन्त्री गच्छदारका सम्धीज्यूको थर र जिल्ला फरक पर्न गएकोमा हामी क्षमाप्रार्थी छौँ । यादवजी एमाले-सम्बद्ध राजनीतिमा क्रियाशील हुने गर्नुभएको व्यहोरा पनि समाचारमा छुट गएको थियो । आइन्दा सम्धीज्यू सम्बद्ध समाचारमा थर, ठेगाना फरक पर्न नजाने व्यहोरा अवगत गराउँदछौँ । (सम्पादक)