- सुशील देवकोटा
नेपाल बनाउने र नेपाल बचाउनेलाई चिन्दैन जसले
सपुतको अपमान गर्छ र कपुतको सम्मान गर्छ त्यसले
कसरी गर्ने त्यस्तो ‘मूल कानून’माथि गौरव र अभिमान ?
त्यसैले, त्यस्तो मूल कानूनलाई म भन्छु राष्ट्रघाती संविधान !
सार्वभौमिकतालाई खण्ड-खण्ड पार्ने घोषणा छ जहाँ
एकीकृत नेपाललाई टुक्रा-टुक्रा पारेर बाँडिएको छ त्यहाँ
जातजाति भाषाभाषीको नाममा नेपालीलाई भाँडेको छ
भूगोलको नाममा मिलेर बसेका नेपालीलाई बाँडेको छ
कसरी गाउन सकिन्छ त्यस्तो मूल कानूनको गुणगान ?
त्यसैले त्यस्तो मूल कानूनलाई म भन्छु राष्ट्रघाती संविधान !
शान्ति र समृद्धिको स्वयम् बाधक बनेर बसेको छ जो
मौलिक होइन आयातीत एजेन्डाहरूले मात्रै भरिएको छ त्यो
रोजगारी दिने उद्योगधन्दा खोल्न आफैंले रोक लगाएको छ
आशा होइन सम्पूर्ण राष्ट्रप्रेमीमा निराशा मात्रै जगाएको छ
जरुरत छैन यस्तो मूल कानूनलाई बचाउन गर्न कुनै बलिदान
त्यसैले त्यस्तो मूल कानूनलाई म भन्छु राष्ट्रघाती संविधान !!
प्रतिक्रिया