सामाजिक सन्तुलनमा किन आयो विचलन ?

सामाजिक सन्तुलनमा किन आयो विचलन ?


महिला अधिकार

  • राजेशमान के.सी.

महिला अधिकारका कुरा अचेल धेरै चल्छन् ।
पुरुषहरू पनि यसमा निकै लाग्ने गर्छन् ।।

महिला-पुरुषबीच कुनै हुनु हुन्न भेदभाव ।
दुवैले एक-अर्कामा राख्नुपर्छ सद्भाव ।।

समाजमा महिला पुरुष हुन्छन् बराबरी ।
समान व्यवहार गरौँ कुनै भेदभाव नगरी ।।

एउटै रथका दुई पाङ्ग्रा हुन् महिला र पुरुष ।
बढ्नुपर्छ अघि दुवै गरी यसको महसूस ।।

अन्त्य हुन्न जबसम्म हत्या, हिंसा, बलात्कार ।
समाजमा कायम रहन्न महिला अधिकार ।।

पुरुष सराप्दैमा पनि हुन्न महिला अधिकार ।
अधिकारको नाममा धेरै नदेखाऔँ है अहङ्कार !

एकातर्फी रटाइ होइन महिला अधिकार ।
पुरुषमाथि पनि हुन्छन् धेरै व्यभिचार ।।

समाजमा धेरै चल्छन् महिला हिंसाका कुरा ।
आफ्नो पीडा गुम्स्याइराख्छन् पुरुष बबुरा !

नेपाली समाजमा रहेको पारिवारिक सन्तुलन ।
डलरवादी उक्साहटले ल्याएको छ विचलन ।।

हाम्रो धर्म-संस्कृतिले नारी सम्मान दिएका छन् ।
सीताराम, राधाकृष्ण आदि यी उदाहरण हुन् ।।

पुरुषले गर्नु हुन्न महिलामाथि अत्याचार ।
महिलाले नि राख्नुपर्छ पुरुषमाथि सदाचार ।।

परिवारमा महिला पुरुष बीचको सहकार्य ।
स्वच्छ समाज निर्माणमा हुन्छ अनिवार्य ।।

महिला पुरुषले बुझे एक-अर्काको भावना ।
स्वच्छ समाजको पक्कै हुन्छ स्थापना ।।

देशको हितमा अधिकार प्रयोग गर्नुपर्छ ।
देशकै लागि महिला पुरुष अघि बढ्नुपर्छ ।।

  • गट्ठाघर, भक्तपुर