टोकियो ओलम्पिकको टर्च ऱ्याली मार्च २५ देखि सुरु हुने

टोकियो ओलम्पिकको टर्च ऱ्याली मार्च २५ देखि सुरु हुने


रिलेको समयमा कुनै नाराबाजी गर्न र आवाज निकाल्न नपाउने

विशेष प्रतिनिधि, जापान

सन् २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको टर्च ऱ्याली यही मार्च २५ देखि सुरु हुने भएको छ । सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको थियो ।

अब टोकियो ओलम्पिकको आयोजना आउँदो २३ जुलाईदेखि शुभारम्भ हुँदैछ । टोकियो ओलम्पिक आयोजक कमिटीले रिलेमा सहभागिता जनाउने व्यक्तिहरूको स्वास्थ्य प्रोटोकलको घोषणा गरेको छ । साथै बिनासूचना रिलेको मार्ग बदलिन सक्ने खुलासा पनि गरेको छ ।

रिलेको समयमा कुनै नाराबाजी गर्न र आवाज निकाल्न नपाउने आयोजक समितिका उपनिर्देशकले जानकारी गराएका छन् । रिलेको समयमा सामाजिक दूरीको पालना गर्दै ताली बजाउन भने पाइने छ । रिलेमा मास्कबिना पनि दौडिने अनुमति दिइएको छ ।

रिले २५ मार्च फुकुशिमाबाट आरम्भ भई २३ जुलाईमा टोकियो पुगी सकिने छ । फुकुशिमा जापानको त्यो शहर हो जसले भूकम्प, सुनामी र परमाणु संयन्त्रको सामना गरिसकेको छ ।