■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४२ नेपाल सं. ११४१ प्रमादी नामक संवत्सर वसन्त ऋतु वि.सं.२०७७ चैत्र ३ गते तद्अनुसार सन् २०२१ मार्च १६ तारीख मंगलबार फाल्गुन शुक्लपक्ष तृतीया तिथि अश्विनी नक्षत्र ब्रम्हा योग ३ः२२ पर ऐन्द्र योग तैतिल करण १ः६ पर वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त साँझ १८ः१२ मा हुनेछ ।
आजको राशिफल
मेष – उन्नति पदोन्नति हुनेछ । काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।
बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ ।
मिथुन – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्त्व बढ्नेछ । गीत संगीतमा आकर्षण बढ्नेछ ।
कर्कट – आयस्रोत बढ्नाले आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्व बढ्ला । भोज भत्तेरमा भाग लिनुहुनेछ । आरोग्यता बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । देखा परेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।
सिंह – शुभ र भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – समस्याको समाधान मिल्नेछ । शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यप्रति पनि सचेत रहनुपर्नेछ ।
तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला ।
धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकिय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
प्रतिक्रिया