- एस. क्षेत्री, जापान
वसन्त ऋतुको सुन्दर मौसम आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो, पार्क, घरअगाडीका बगैँचाहरू साकुरा (पैँयु) फूलले सेताम्मे र राताम्मे फुलेका देखिन्छन् । साकुरा जापानको राष्ट्रिय फूल हो । नेपालको पैयुँ फूल देखेका आँखा जापानमा आएर साकुरा देखेपछि मन प्रफुल्ल हुन्छ ।
साकुरा फुलेपछि त्यसको अवलोकन गर्न ठूलो भीड लाग्ने गर्दछ । जापानीका साथ त्यहाँ रहेका विदेशीहरु पनि साकुराको सौन्दर्यतामा रमाउने गर्दछन् ।
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/Sakura-1.jpg?resize=633%2C600&ssl=1)
साकुराको रौनकमा प्रेमजोडी तथा विवाहित जोडी पनि अँगालोमा बाँधिएर रोमाञ्चित हुने गर्छन् । कम्पनीका कामदार पनि विदाको दिन पारेर साकुरा हेर्न पुग्ने गर्छन् ।
जापानी परम्पराअनुसार साकुराको फुलसँग बसेर खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ । यसलाई स्थानीय भाषामा ‘हानामी’ अर्थात् पुष्पावलोकन भन्ने गरिन्छ । खासगरी जापानीहरु यस मौसममा साकुरासँगै ‘हानामी’मा फूलको बँगैचामा भुइँमा बसेर मनपर्ने खाना तथा मन लागेको पेय पदार्थ र मदिराको चुस्कीमा एकआपसमा खुलेर कुरा गर्ने गर्छन् ।
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/Sakura-2.jpg?resize=622%2C600&ssl=1)
साकुरा पुलेपछि जापानबासी नेपालीहरुले पनि रमाइलो गरी मनाउने गर्दछन् । साकुरा फुलेको हेर्न विभिन्न स्थानबाट टाढाटाढाका पार्कमा पुगेर रमाइलो गर्ने जापानीले यसलाई विशेष अवसरका रुपमा समेत लिने गरेका छन् । तथापि, यो वर्ष भने कोरोनाको कारण विगतको तुलनामा साकुरा अवलोकन गर्नेहरुमा कमी आएको बताइन्छ ।
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/sakura-3.jpg?resize=720%2C561&ssl=1)
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/Sakura-4.jpg?resize=720%2C506&ssl=1)
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/Sakura-5.jpg?resize=720%2C353&ssl=1)
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2021/03/Sakura-6.jpg?resize=720%2C364&ssl=1)
प्रतिक्रिया