‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएकालाई मुख्यमन्त्री शाहीद्वारा मन्त्री नियुक्त

‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएकालाई मुख्यमन्त्री शाहीद्वारा मन्त्री नियुक्त


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन् । वैशाख ३ गते विश्वासको मत हासिल गरेपश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

जसअनुसार उनले नेकपा माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त तीनै जना मन्त्रीले पार्टी संसदीय दलको ह्वीपका बाबजुद ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।

नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।