नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् ।
नेपाल प्रेस युनियन बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा नेतृ डा. सङ्ग्रौलाले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन् ।
“एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन”, उनको भनाइ छ ।
उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्- ‘गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’
कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको जिकिर उनले गरिन् ।
pict:rss
प्रतिक्रिया