रामबहादुर थापा गृहमन्त्री नियुक्त

रामबहादुर थापा गृहमन्त्री नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।

बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जनाएका छन् ।