प्रदेश प्रमुखद्वय झा र प्रसाईंद्वारा छिन्नमस्ता र कंकाल्नीमा पूजाअर्चना
- हेमशंकर सिंह, सप्तरी
प्रदेश २ का प्रमुख डा. राजेश झा र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले मंगलबार सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता र कंकाल्नीमा पुजाअर्चना गरेका छन् ।
सुनसरीको ब्रहाक्षेत्रबाट सप्तरी आएका प्रदेश प्रमुखद्वय झा र प्रसाईंले भारदहस्थित कंकाल्नी मन्दिरमा पूजापाठ गरेर पछि छिन्नमस्ता पुगी पूजापाठ गरेका हुन् ।
छिन्नमस्ता मन्दिरमा प्रदेश प्रमुखहरुलाई मन्दिरका पिठाधीश महाकान्त ठाकुर, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, महिला अधिकारकर्मी सुनिता साह लगायतले पूmलमाला र गम्छा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

छिन्नमस्ताका पिठाधीश ठाकुरले प्रदेश २ का प्रमखु झासँग छिन्नमस्तामा वेदाश्रम निर्माणका लागि सहयोग गर्न आग्रह गरे । वर्तमान समयमा अंग्रेजी माध्यमको पठनपाठनप्रति बढ्दो आकर्षणका कारण संस्कृत र धार्मिक शिक्षामा ह्रास आएकाले वेदाश्रमको निर्माण गर्ने सोच अघिसारेको पिठाधीश ठाकुरले बताए ।
प्रदेश प्रमुख झाले आफू जिम्मेवारी सम्हालेलगतै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश २ मा वेदाश्रम स्थापनासहित प्रदेश २ को समग्र विकासका लागि निर्देशन दिएको जानकारी दिए ।
प्रदेश २ को प्रमुख शक्तिपीठको रुपमा रहेको छिन्नमस्ताको विकास र बेदाश्रम निर्माणका लागि आपूmले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि प्रमुख झाले व्यक्त गरे ।
सिंहको शालिकमा माल्यार्पण
प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले सप्तरीे भ्रमणको क्रममा राजविराज पुगेर मधेश आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका छन् ।
धार्मिक यात्राको क्रममा सप्तरी आएका दुबै प्रदेश प्रमुखले राजविराज स्थित गजेन्द्र चौक पुगेर स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका हुन् ।

मधेशी, आदिवासी जनजाति, दलित र शोषित उत्पिडीत वर्गको अधिकार र सम्मानका लागि स्वर्गीय सिंह संर्घषरत रहेको स्मरण गर्दै प्रदेश प्रमुख झाले स्वर्गीय सिंहको सपना सकार पार्न आफू दृढ संकल्पित रहेको विचार व्यक्त गरे ।
सोही क्रममा बागमती प्रदेशका प्रमुख प्रसाईंले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहले पुर्याएको योगदानको स्मरण गर्दै स्वर्गीय सिंहबारे जानकारी उपलब्ध गराउन गजेन्द्र चौकमा उनको संक्षिप्त जीवनी अंकित गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया