अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा निधन भएको छ । सो कुराको जानकारी उनका छोराले सोमबार विज्ञप्तिमार्फत् गराएका अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति रहेका वाल्टर मोन्डा सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए ।
पूर्व उपराष्ट्रपति मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन बताइएको छ । उपराष्ट्रपति हुनुभन्दा अगाडि उनी अमेरिकाको सिनेटर रहेका थिए । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनी १२ वर्षसम्म अमेरिकाको सिनेटर रहेका थिए ।
अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएर पनि वाल्टर मोन्डाले काम गरेका थिए ।
प्रतिक्रिया