आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०७८ शुक्रबार ३० अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०७८ शुक्रबार ३० अप्रिल २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ बैशाख १७ गते शुक्रबार तद्अनुसार सन् २०२१ अप्रिल ३० तारिख बैशाख कृष्णपक्ष चतुर्थी तिथि ज्येष्ठा नक्षत्र परिघ योग बब करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा १७ः०२ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । साँखुयात्रा ।

आजको राशिफल

मेष – खेलकुद र भ्रमणमा रुचि होल । खर्च बढ्ला । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऐन–कानुनलाई ध्यान राख्नु पर्ला । मिष्ठान्न भोजन मिल्नेछ । रसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । दौडधुप भने जारी रहला । जोखिम उठाउने कार्य नगर्नुहोला । ठूलो रकमको लगानीमा सचेत रहनुपर्नेछ ।

बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुन सक्छ । भोजभतेरमा सरिक रहनुहोला ।

मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । धर्मकर्ममा रुचि रहला । भागदौड जारी रहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । काममा आफ्नै बलविवेक प्रयोग गर्नुहोला । शुभ र भाग्यवर्धक काम बन्नेछ ।

सिंह – ऋण रोग र शत्रुमाथि विजय होला । अस्तव्यस्ततामा कमी हुनेछ । कार्य सफल रहला । आइपरेको समस्या समाधान हुनेछ ।

कन्या – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । मित्रसुखका मिल्छ । विवादबाट जोगिनुहोला । आरोग्यता बढ्ला । जीवनसाथीको साथ रहला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । उन्नति पदोन्नति होला । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भइरहनेछ । भागदौड बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन रहला । सुख समृद्धि बढ्नेछ । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्राको योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।