आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०७८ मंगलबार ११ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०७८ मंगलबार ११ मे २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वसन्त ऋतु वि.सं. २०७८ वैशाख २८ गते मंगलबार तद्अनुसार सन् २०२१ मे ११ तारिख वैशाख कृष्णपक्षको अमावश्या तिथि भरणी नक्षत्र सौभाग्य योग चतुष्पाद करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । दर्शश्राद्ध, मातातीर्थ स्नान, आमाको मुख हेर्ने, चाँगुनारायण छिन्नमस्ता कीलेश्वर मूलरथयात्रा, हलो तथा निशि बार्ने ।

आजको राशिफल

मेष – दीर्घकालिक रोगबाट मुक्ति पाउनुहुनेछ । समय शुभ फलदायी रहनेछ । कर्ममा सफलता प्राप्त हुनेछ । धनसम्पत्ति बढ्नेछ । सुख आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शुभ र भाग्यवद्र्धक काम बन्नेछन् । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । रसविलासमा रुचि बढ्ला । मान सम्मानमा ध्यान राख्नुपर्ला । घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् ।

बृष – रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । उधारो लगानीले तनाव दिनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला ।

मिथुन – आयस्रोत वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । मान महत्व धन–सम्पत्ति सुख–समृद्धिमा कमी आउने छैन । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न भइहाल्नेछ ।

कर्कट – ग्रहगोचर अनुकूल फलदायक छ । उन्नति–पदोन्नति हुनेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्नुको साथै ख्याति पनि फैलिनेछ । आरोग्यता बढ्नेछ । विकासको नयाँ–नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणको बाटोमा लागि पर्नुहुनेछ ।

सिंह – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । स्वास्थयमा सुधार आउनेछ । नियम कानुनको साथ प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यस मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । भागदौड व्यस्तता चलिरहनेछ ।

कन्या – जोखिमप्रति सचेत रहनुपर्नेछ । परीश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्नेछ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । अल्छी नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्व पुरस्कार पाउनुहुनेछ ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुखशान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखनप्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्वलाई पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।