रानी कोमलको स्वास्थ्य सुधार भएपछि आइसियूबाट श्यया सारियो

रानी कोमलको स्वास्थ्य सुधार भएपछि आइसियूबाट श्यया सारियो



रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालले जानकारी दिएको छ । नर्भिकमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसियू)बाट श्यया सारेर उपचार भइरहेको बताइएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार रानी कोमलको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको र ज्ञानेन्द्र शाह, रानी कोमल र अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । उहाँहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।

उहाँहरु कोभिड १९ सङ्क्रमित भएपछि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालले रानी कोमलको प्लाज्माथेरापी बिधिबाट उपचार थालेको थियो ।