एमाले नेता एवम् प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

एमाले नेता एवम् प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन



कोरोना संक्रमणपछि उपचार गराइरहेका नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।

चार दिनअघि उपचारार्थ मनमोहन अस्पतालमा भर्ना भएका नेता चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

गत निर्वाचनमा दोलखा (ख)बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका चौलागाईं एमालेका प्रभावशाली नेता मानिन्थे ।

५८ वर्षीय चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।