■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर वसन्त ऋतु वि.सं. २०७८ वैशाख २९ गते तद्अनुसार सन् २०२१ मे १२ तारिख बुधबार बैशाख शुक्लपक्ष प्रतिपदा तिथि कृतिका नक्षत्र शोभन योग किंस्तुघ्न करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मेष राशिमा ५ः५६ बजेसम्म त्यसपछि बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । ल.पु. मत्स्येन्द्रनाथ रथारोहरण ।
आजको राशिफल
मेष – आफन्तको साथ प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।
बृष – मनोकुलको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । मान्यजनको आशीर्वाद प्राप्त हुनेछ । काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ ।
मिथुन – यात्रामा सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । मित्रजन तथा सन्तान आदिको साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्त्व बढ्नेछ । गीत संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – शुभ र भाग्यवर्द्धककाममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान र साहस बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्ने प्रयत्न गर्नुहोला । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । आयस्रोत बढ्ला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसंगै सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
प्रतिक्रिया