आजको पञ्चाङ्ग एवम् राशिफल (३० वैशाख २०७८ बिहीबार १३ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० वैशाख २०७८ बिहीबार १३ मे २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीसूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु राक्षसनामक सम्वत्सर वि.सं. २०७८ वैशाख ३० गते बिहीबार तद्अनुसार सन् २०२१ मे १३ तारिख वैशाख शुक्लपक्ष द्वितीया तिथि रोहिणी नक्षत्र अतिगण्ड योग बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १८ः४४ बजे हुनेछ । चन्द्रोदय ।

आजको राशिफल

मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । यस वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहाद्र्धता बढ्नेछ । साझेदारीको काम बन्नेछ । लगानी उठ्ला । कार्यव्यापारमा सफलता मिल्नेछ । बस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ ।

बृष – आरोग्यतका साथै सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । शक्ति सामर्थ्य बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

मिथुन – हासविलासमा आकर्षण बढ्नेछ । जोखिमदेखि सावधान रहनुहोला । खर्च बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ तथापि सतर्क रहनु आवश्यक छ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट – आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । धन मान बढ्नेछ । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

सिंह – राजकाज बन्नेछ । ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै मित्रजनको साथ प्राप्त हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । नियम–कानुनलाई ध्यानमा राखेर काम गर्नुहोला । प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – मिठो भोजन प्राप्त हुनेछ । सफलता र समृद्धि प्राप्त हुनेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर – अन्नधन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । सम्मान बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा बृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ ।