संक्रमणमुक्त भई पूर्व श्री ५ आफ्नै निवासमा

संक्रमणमुक्त भई पूर्व श्री ५ आफ्नै निवासमा



पूर्व श्री ५ ज्ञानेन्द्र शाह कोभिड-१९ संक्रमणको उपचारपश्चात् स्वास्थ्यलाभ गरी बुधबार साँझ निवास फर्कनुभएको छ । उहाँ उपचारको क्रममा १९ दिन थापाथलीस्थित नर्भिक अस्पतालमा रहनुभएको थियो । कोरोना संक्रमणका लक्षणहरु हराएपछि सोमबार गरिएको परीक्षणमा उहाँमा कोरोना नेगेटिभ देखिएको थियो ।

पूर्व श्री ५ बडामहारानी कोमल शाह भने अझै अस्पतलमा उपचाररत नै हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार आएको र अक्सिजनको मात्रा लगातार घटाउँदै उपचार जारी राखिएको जानकारी नर्भिकले दिएको छ ।

अधिराजकुमारी प्रेरणा सिंह पनि सँगै अस्पताल भर्ना हुनुभएकोमा यसअघि नै उहाँ संक्रमणमुक्त हुनुभएको थियो । तथापि, उहाँ बडामहारानी कोमलकै साथ अस्पतालमा रहनुभएको जानकारी दिइएको छ ।