■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ ३ गते सोमबार तद्अनुसार सन् २०२१ मे १७ तारिख बैशाख शुक्लपक्ष पञ्चमी तिथि ७ः४३ पर षष्ठी तिथि पुनर्वसु नक्षत्र १०ः०४ पर तिष्य नक्षत्र गण्ड योग कौलब करणआनन्दादिमा धुम्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित फलदायक छ । अरुको भरमा नबसी स्वविवेकले काम गर्नु हितकर रहनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।
बृष – कार्य सफल हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला ।
मिथुन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । मान महत्व बढ्नेछ । सुख समृद्धि बढ्नेछ ।
कर्कट – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।
सिंह – दौडधुप चलिरहला । खर्च पनि बढ्नेछ । तथापि, विलासमा रुचि बढ्नेछ । स्वविवेकले काम गर्नु हितकर रहनेछ । समस्याको समाधान मिल्नेछ । बढी प्रयास र परिश्रम गर्नुपर्ने समय छ ।
कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया मिल्नेछ । मित्रसुखका साथै सन्ततिसितको सुख मिल्नेछ ।
तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । दौडधुप जारी रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । मित्रसुख बढ्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीत–संगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र तथा सन्तति सुख बढ्ला ।
धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।
मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । मित्रजनको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।
कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।
मीन – स्वास्थ्यप्रति सजग रहनु पर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला ।
प्रतिक्रिया