वरिष्ठ साहित्यकार सुवेदीको कोभिड संक्रमणबाट निधन

वरिष्ठ साहित्यकार सुवेदीको कोभिड संक्रमणबाट निधन



वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण आज बिहान निधन भएको छ । ७६ वर्षीय सुवेदीको केही दिनयता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसअघि उहाँको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

वि.सं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको सम्बद्ध क्षेत्रका सर्जकहरुले प्रतिक्रिया दिएका छन् ।