बुधबार गोली प्रहार गरिएका माओवादी नेताको उपचारका क्रममा मृत्यु

बुधबार गोली प्रहार गरिएका माओवादी नेताको उपचारका क्रममा मृत्यु



कपिलवस्तुमा गत बुधबार गोली लागेका माओवादी नेता दीपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सोमबार हेलिकप्टरमार्फत काठमाण्डु पुर्‍याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयको पहलमा उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।