प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटघाट नभएको सर्वोच्च अदालतको प्रष्टोक्ति

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटघाट नभएको सर्वोच्च अदालतको प्रष्टोक्ति



प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेटवार्ता भएको भनी केही अनलाइन न्युज पोर्टलले समाचार प्रकाशन गरेको प्रति सर्वोच्च अदालतले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार भ्रामक भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता नभएको बताएका हुन् ।

उक्त समाचारप्रति आपत्तिका साथ समाचारमा सत्यता नभएको र यसले न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै सर्वोच्च अदालतले खेद व्यक्त गरेको छ । अदालतमा दर्ता हुन आएका विवादसँग जोडेर न्यायसम्पादन कार्यलाई प्रतिकुल प्रभाव पार्ने गलत मनसाय राखेर समाचार प्रकाशत गर्नु दुःखद भएको सर्वोच्चको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो । अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो । ‘यस प्रकारका कार्यहरु संविधान, कानुन र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौँ । साथै यस्ता भ्रमपूर्ण कपोकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ ।’

सर्वोच्चको विज्ञप्ति जस्ताको तस्तै-