काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ



नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र बनेको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले थप कडाइका साथ निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।

थप गरिएको निषेधाज्ञामा सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाकका लागि घरबाट निस्कनेलाई समेत कारबाही गरिने भएको छ ।

निषेधाज्ञामा अब बिहान ९ बजेसम्म मात्र तरकारी पसल खोल्न दिइने छ भने खाद्य पसल र डिपार्टमेन्ट स्टोरसमेत पूरै बन्द गर्ने निर्णय गरिएको छ । यस्तै, विवाहमा दश जना सहभागी हुन पाइने यसअघिको निर्णयमा फेरबदल गर्दै अब सात जना मात्र सहभागी हुन पाइने छ ।