■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ १२ गते तद्अनुसार सन् २०२१ मे २६ तारिख बुधबार बैशाख शुक्लपक्षको पूर्णिमा तिथि अनुराधा नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१२ मा र सूर्यास्त साँझ १८ः५१ बजेमा हुनेछ । पूर्णिमाव्रत, चण्डीपूर्णिमा, बुद्धजयन्ती, कूर्मजयन्ती, गोरखनाथजयन्ती, वैशाख स्नानसमाप्ति, घाँटुनृत्य विसर्जन, उभौली पर्व, चण्डेश्वरीरथयात्रा, श्री बाघभैरवपर्ब, वैतणीधाम स्नान ।
आजको राशिफल
मेष – समय मिश्रित रहनेछ । जोखिममा नपर्नुहोला । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभता बढ्ला । आँट–उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । साझेदारीको काम बन्नेछ । ख्याति फैलिनेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।
बृष – उत्तम समय छ । मान महत्व बढ्नेछ । सुख शान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ ।
मिथुन – अनुकूल समय छ । आरोग्यत बढ्नेछ । सुख समृद्धि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मित्रजनसितको सम्बन्धमा सुधार आउनेछ । प्रेमपात्रसितको सम्बन्ध बलियो बन्नेछ । परिश्रमले सफलता पाउनु हुनेछ । प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ । गीतसंगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विलासप्रति रुचि बढ्नेछ ।
कर्कट – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन–प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मित्रजन एवम् सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोतरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।
तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्नुहोला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । जोखिम बढ्न सक्छ तर गोप्य काम बन्नेछ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुहोला । विवादमा नपर्नु हीतकर रहला ।
वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । विलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । दौडधुप भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।
प्रतिक्रिया