असहायलाई दुलाल दम्पतिको सहयोग जारी

असहायलाई दुलाल दम्पतिको सहयोग जारी



कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपश्चात कठिनाइमा परेका असहायहरुलाई पूर्व राष्ट्रिय खेलाडी एवं अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल र पत्नी समीक्षा दुलालको सहयोग जारी रहेको छ ।

सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका मित्र महेन्द्रराज पाण्डेको सहयोगमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । दुलाल दम्पतीले लगनखेलस्थित सम्बन्ध आश्रममा रहेका २० जना अनाथ बालबालिकाको परिवार र बुढानिलकण्ठस्थित सृजना सामाजिक सेवा समाजका २५ अनाथ बालबालिकाहलाई दुई-दुई बोरा चामल, चाउचाउ एक-एक कार्टुन, दुई-दुई लिटर खानेतेल, चार-चार प्याकेट नुन, दुई-दुई कार्टुन बिस्कुट र एक-एक केजी सोयाविन मस्यौरा र पिउने पानीका बोतलहरू प्रदान गरेका छन् ।

दुलाल दम्पतीले विगतदेखि नै असहायहरुलाई सहयोग गर्दै आइरहेका छन् । ‘यस असहज परिस्थितिमा असहाय र कठिन अवस्थामा रहेकाहरुलाई सानो सहयोग गर्न अग्रसर भएका हौंँ । जानकारी प्राप्त गरेको खण्डमा अन्य असहायहरु, खेलाडी, खेलकर्मी र खेलपत्रकार साथीहरूलाई पनि सहयोग गर्न तयार छौँ’- ठमेल पर्यटन विकास परिषदका सदस्य समेत रहेका राजेन्द्र दुलालले बताए ।