‘कोपा अमेरिका’ जितेर अधुरो सपना पूरा गर्न चाहन्छन् मेसी

‘कोपा अमेरिका’ जितेर अधुरो सपना पूरा गर्न चाहन्छन् मेसी



लियोनेल मेसीले आफ्नो फुटबलको शानदार करियरमा बार्सिलोनाको तर्फबाट थुप्रै पटक उपाधि जिते पनि अर्जेन्टिनाको तर्फबाट अहिलेसम्म कुनै पनि ठूलो उपाधि जित्न सकेका छैनन् । विश्वकप फुटबल र कोपा अमेरिका कप जितेर उनले आफ्नो सपना पूरा गर्न चाहेका छन्, जो अहिलेसम्म अधुरै रहेको छ ।

३३ वर्षीय मेसी अहिले कोपा अमेरिका कप खेल्दैछन् । कोपा अमेरिकामा सम्भवतः उनको आखिरी सहभागिता हुन सक्छ । त्यसैले उनी कोपा अमेरिका कप जितेर आफ्नो अधुरो सपना पूरा गर्ने धूनमा छन् ।

कोपा अमेरिका खेल्न ब्राजिल पुगेका मेसीले प्रेस सम्मेलनमा भने– ‘मेरो सबैभन्दा ठूलो सपना राष्ट्रिय टीमलाई उपाधि जिताउनु हो । यसको लागि म जहिले पनि आफ्नो टीमको लागि उपलब्ध हुनेछु ।’

‘म थुप्रै पटक उपाधिको नजिक पुगेँ तर दुर्भाग्य ! आफ्नो देशलाई उपाधि जिताउन सकिनँ । तर, मेरो प्रयास जारी छ । यसपटक म मेरो सपना पूरा गर्न कुनै कसर राख्ने छैन ।’