समूहगत समाचार प्रकाशनमा बेलायतवासी पत्रकारहरुबीच होडबाजी !

समूहगत समाचार प्रकाशनमा बेलायतवासी पत्रकारहरुबीच होडबाजी !

बेलायतमा नेपाली पत्रकाहरुबीच दोहोरी शुरु, शाखाको अर्को नयाँ कार्य समितिको चयन


लण्डन । गत तेह्र तारिख आइतबार लण्डनस्थित एक रेष्टुरेन्टको एक कक्षमा भएको नेपाल पत्रकार महासघको बेलायत शाखाको निर्वाचनमा पराजित भएका समूहहरुमध्य केही मिलेर हालै महासंघको अर्को कार्य समितिको चयन गरेर त्यसलाई विभिन्न मिडियाहरुमार्फत सार्वजनिक गराई समाजमा नयाँ चर्चाको विषय बनाएको छ । आइतबार भएको चुनावमा ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश परियार अनि महासचिवमा नरेन्द्र बस्नेत विजयी भएका थिए । जसको व्यापक रुपमा विभिन्न सामाजिक संजालहरुमा उही साँझ नै सार्वजनिक भइसकेको हो जसलाई विभिन्न मिडियाहरुले कभर गरिसकेको थियो ।


निर्वाचन स्थलमा नतिजा सार्वजनिक भएर नहारुन्जेलसम्म सोही ठाउँमा संस्थाको नियमअनुसार बसेकाहरु पराजीत भइसढकेपछि सो कक्ष छोडेर निर्वाचनको परिणामलाई वहिष्कार गरेको अनि पोष्टल भोट अमान्य भएको पर्यायका समाचारहरु प्रकाशित गर्ने पत्रकारहरुले आखिरमा नयाँ कार्य समितिको चयन गरेका छन् । एक अनलाइन मा बताइएअनुसार उमेदबारी शुल्क नभएर नबुझाएका विपिन निरौलाकै नेतृत्वमा बनेको उक्त नयाँ कार्य समितिमा अध्यक्ष पदका प्रत्यासी श्याम लुइटेल अनि महासचिवका प्रत्यासी जगन कार्की भने सम्मिलित भएका छैनन् ।


यही वर्ष एनआरएनएको बेलायत शाखाको पनि चुनाव हुँदैछ र सो चुनावमा लाग्ने विभिन्न उम्मेदवारहरुले आफ्नो पक्षका पत्रकारहरुलाई साथ लिनको लागि योबेला भएको पत्रकारहरुको कार्यकारी समितिलाई बधाई दिने क्रममा सामाजिक संजालह्ररुमा आम बेलायती नेपालीहरुलाई भ्रामक तुल्याउन सक्ने खालका पोस्टहरु राखिएका छन्, बधाइहरु दिइएका छन् । महासंघको केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष उपस्थिति रहेको निर्वाचन र भर्चुअल मिटिङबाट पारित भएको निर्वाचन एवम् सोका कार्यसमितिहरुमध्य कुनचाहिँ सदर अनि कुनचाहिँ बदर हुन्छ भन्नेलाई चाखपूर्ण रुपमा हेरिएका छन् ।

नेपाललगायत बेलायतको नेपाली समाजमा पत्रकारिताको परिभाषा नै गलत किसिमले लागेको देख्ने गरेर एकपछि अर्को पत्रकारहरुको समाजमा उदय हँदै गएको र तिनमध्ये ज्यादाले कुनै न कुनै प्रकारको एजेण्डाहरु बोकेको भनेर यहाँ सदस्यतामा शुद्धीकरण गरेर पत्रकारहरुको संख्या घटाइएको थियो । तथापि फेशबुकमा स्टाटस् राख्नेदेखि यूट्युबमा देखाउनेहरु र विभिन्न अनलाइनहरुमा बेलामौका विचार राख्नेहरु पनि अझै यहाँ सशक्त वा व्यावसायिक पत्रकारहरुमा गनिएका छन् । समाजमा भइरहेका कतिपय व्यवहार तथा सन्दर्भहरुमा बार्गेनिँग गर्न सक्ने हैसियत पाउने भएर धेरैजसो समाजको मूलधारको पत्रकारहरु समाजमा चर्चित अनि शक्तिशाली मानिएका छन् । अनि तिनलाई सोही अर्थमा चाकरी गर्ने खालका भलाद्मीहरु पनि समाजमा पर्याप्त छन् । यसै सन्दर्भमा यो भन्न सकिन्छ कि, नेपाल पत्रकार महासँघको अभीष्ठ भनेको नेपालबाहिर नेपाली राजनीतिको खेल खेल्न सकिने पाटोको निर्माणमा मात्रै व्यस्त हुनु देखिन्छ । त्यसैले त प्रत्यक्ष रुपमा केन्द्रका पदाधिकारीहरुले ज्यादाजसो यहाँको शाखामा दबाब दिने गरेको देखिन्छ । वर्ष दुई वर्षमा विभिन्न नामधारी कार्यक्रमहरुमा बेलायत भ्रमण गर्न मिल्ने गरी महासँघका पदाधिकारीहरु आफ्नो मान्छे जुटाउन लागीपरेका लाग्दछन् ।