रोनाल्डोको फ्लोअर्स ३ सय मिलियन

रोनाल्डोको फ्लोअर्स ३ सय मिलियन



पोर्चुगलका सुपरस्टार फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन् । रोनाल्डोको इन्स्टाग्राम ३ सय मिलियन भन्दा बढी फलोअर्स छन् ।

रोनाल्डो ३ सय मिलियनले फलोअर्स गर्ने विश्वका पहिलो व्यक्ति बनेका छन् । यसअघि इन्स्टाग्राममा २ सय मिलियनभन्दा बढी फलोअर्स गर्ने कीर्तिमान पनि रोनाल्डोको नाममा थियो ।

रोनाल्डोले विश्व फुटबलमा हासिल गरेको कीर्तिमानी र उपलब्धिका कारण दिन-प्रतिदिन उनका इन्स्टाग्राममा फ्लोअर्सको संख्या बढ्दै गएको छ । हाल युरोपका ११ देशमा सञ्चालन भइरहेको युरो कप फुटबलमा रोनाल्डोले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनको इन्स्टाग्राममा फ्लोअर्सको संख्या ह्वात्तै बढेको हो । रोनाल्डोले युरो कपको दुई खेलमा ३ गोल गरिसकेका छन् ।

रोनाल्डोपछि दोश्रो नम्बरमा काबिज डवेन ‘द रक’ रहेका छन् । उनको इन्स्टाग्राममा २ सय ४६ मिलियन फ्लोअर्स रहेका छन् ।