सचिन २१औँ शताब्दीका सर्वोकृष्ट ब्याट्सम्यान

सचिन २१औँ शताब्दीका सर्वोकृष्ट ब्याट्सम्यान



विश्वका महान् क्रिकेट खेलाडी सचिन तेन्दुल्कर २१औँ शताब्दीका उत्कृष्ट ब्याट्सम्यानमा चुनिएका छन् । सचिनले श्रीलंका खेलाडी कुमार संगकारालाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

२१औँ शताब्दीको ‘उत्कृष्ट ब्याट्सम्यान’को दौडमा भारतका सचिन र श्रीलंका कुमारबीच निकै टक्कर भएको थियो । कुमारले सचिनलाई निकै चुनौती दिँदै गर्दा उनले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका कारण यो उपाधि जित्न सफल भएका हुन् । कुमारले २०१३ पछि पनि लामो समय क्रिकेट खेलेका थिए ।

सचिन तेन्दुल्कर टेष्ट क्रिकेटका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । उनले टेष्ट क्रिकेटमा थुप्रै कीर्तिमान बनाउनुको साथै सर्वाधिक ५१ सतक समेत प्रहार गरेका छन् । त्यस्तै टेष्ट क्रिकेट सर्वाधिक १५ हजार ९ सय २१ रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ ।

त्यस्तै सचिनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा १०० सतक प्रहार गर्ने कीर्तिमान पनि छ । सचिनले टेष्ट क्रिकेटमा ५१ र एकदिवसीय क्रिकेट प्रतियोगितामा ४९ सतक प्रहार गरेका थिए, जुन कीर्तिमानलाई अहिलेसम्म विश्वका कुनै पनि क्रिकेट खेलाडीले तोड्न सकेका छैनन् ।

कुमार संगकाराले टेष्ट क्रिकेटमा ३८ सतक प्रहार गरेका छन् । उनी टेष्ट क्रिकेटमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडीको सूचीमा चौथो नम्बरमा पर्छन् ।