ओलम्पिक कमिटी र दराजबीच सम्झौता

ओलम्पिक कमिटी र दराजबीच सम्झौता



नेपाल ओलम्पिक कमिटी र अलिबाबा ग्रुप अन्तर्गतको कम्पनी दराजबीच टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रर्वधनका लागि सम्झौता भएको छ ।

सम्झौतामा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका तर्फबाट कार्यकारी निर्देशक लिनो अहलेरिङ्गले हस्ताक्षर गरेका छन् ।

उक्त अनबन्धअन्तर्गत दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवर्धनका लागि विभिन्न कार्यक्रमबाट सहयोग गर्नेछ ।