गोर्खा सेमिट्रिज ट्रष्ट, हङकङले राष्ट्रिय खेलकुद परिषद्लाई पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । ट्रष्टका तर्फबाट राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई र अधिकृत भोजानन्द राईले एक थान भेन्टिलेटर सदस्यसचिव रमेश कुमार सिलवाललाई हस्तान्तरण गरे । सदस्यसचिव सिलवालले उक्त भेन्टिलेटर राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीलाई हस्तान्तरण गरे ।
कोभिड १९ को दोश्रो लहरका कारण नेपालीहरु प्रभावित भइरहेकोले ट्रष्ट र सामाजिक अभियन्ता युवाद्वय युकेस राई र संजय राईको पहलमा हङकङ र विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा देशका विभिन्न सामुदायिक अस्पतालका लागि सहयोग गर्ने उद्देश्यले पचास थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएका थिए ।
सोही क्रममा नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी र खेल क्षेत्र पनि त्यसबाट प्रभावित भएका कारण राष्ट्रिय खेलकुद परिषद स्वास्थ्य तथा अनुसन्धान केन्द्रका लागि पनि एक थान भेन्टिलेटर सहयोग प्रदान गरेको हो ।
प्रतिक्रिया